Logo
१२ श्रावण २०८१, शनिबार
(August 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट शुरु भयो भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान

मन्त्री बस्नेतबाट दुबोमा पानी सिन्चन

भक्तपुर : वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाका रुपमा अगाडि बढेको बताएका छन् ।

आज हनुमन्ते सफाइ अभियानको ७५औँ हप्ताका अवसरमा हरियाली भक्तपुर बनाउने उद्देश्यले सूर्य्विनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको वृक्षरोपण एवं हरियाली कार्यक्रममा उनले कुनै पनि देश सरकारको प्रयासबाट विकास हुन नसक्ने बताउँदै विकासलाई पूर्णता दिन र समृद्ध देश बनाउन सबै मिलेर गर्नुपर्ने बताए ।

हरियाली तथा वृक्षरोपण शुभारम्भ कार्यक्रम

उनले भने, “जनताले सोचेको कुरा, राजनीतिक दलले बोलेको कुरा र जनताको अपेक्षा अनुसारको विकास गर्न सबै मिलेर जानुपर्छ ।”

देशको राजनीतिक परिवर्तनसँगै युगपरिवर्तन भएको चर्चा गर्दै उनले देश र जनताका धेरै आकांक्षा तथा आवश्यकता रहेका तर समय छोटो रहेकाले विकासमा आमदेशवासीको सहभागिता अनिवार्य रहेको बताए ।

भक्तपुरको विकासले अन्य जिल्लालाई पनि प्रेरित गरिरहेको बताउँदै मन्त्री बस्नेतले सांसद महेश बस्नेतको नेतृत्वले सिङ्गो विकास अगाडि बढेको बताए । भक्तपुरलाई पर्यटकीय केन्द्र बनाउन र निर्माणाधीन प्राणी उद्यानलाई पूर्णता दिन सरकार अग्रसर रहेको बताए ।

सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट शुरु भएको बताए ।

उनले अरनिको राजमार्ग खण्डको मनोहरादेखि सूर्य्विनायकसम्मको छ लेन सडककोबीच भागमा बिरुवा रोप्ने र दूबो लगाएर हरियाली बनाउने अभियान शुरु भएको बताए ।

हनुमन्ते सफाइ अभियानले मानिसको मन पनि सफा गरेको टिप्पणी गर्दै उनले अभियानको विरोध गर्ने हुनमन्तेमा एक दिन कलकल सफा पानी बगेको देखेपछि निहुरिएर हिँड्नुपर्ने दिन आउने समेत बताए ।

सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाइ र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूनाको अभियान भएको बताउँदै यसबाट अन्य जिल्लालाई पनि प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति: Aug 3, 2019

प्रतिक्रिया दिनुहोस्