Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति छ आजको सुनको मूल्य ?

काठमाडौँ :  नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य केही दिनयता आकासिएको छ । यो अहिलेसम्मकै महँगो मूल्य हो । छापावाला सुन र तेजाबी सुनको मुल्यमा शुक्रबार ८ सय रुपैयाँ बढेको जनाइएको छ ।

बिहीबार तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बढेर ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तोलामा ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि तोलामा ८ सय रुपैयाँले बढेर ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्