Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरेबियामा अब महिलाहरुलाई खुल्मखुल्ला अधिकार, बिना रोकटोक विदेश यात्रा गर्न पाउने

इस्लामिक देश साउदी अरबमा अब महिलाहरु कुनै पुरुष अभिभावकको अनुमतिबिना नै विदेश यात्रा गर्न सक्ने भएका छन् । शुक्रवार यस सम्बन्धी शाही आदेश जारी भएको छ ।

नयाँ नियम अनुसार अब २१ वर्षभन्दा माथि उमेरका महिलाहरुले पासपोर्टका लागि आवेदन दिन कुनै पुरुष अभिभावकको अनुमति चाहिने छैन ।

अर्थात अब आउदी अरबका सबै वयस्क विदेश यात्राका लागि पासपोर्ट अप्लाई गर्न सक्नेछन् । अब यसमा महिला र पुरुषबीच भेदभाव हुने छैन ।

शाही आदेशका अनुसार अब महिलाहरु आफ्नो सन्तान र विवाहको दर्ताका गर्न सक्ने अधिकार हुनेछ । साथै रोजगारीमा महिलाहरुलाई आरक्षण दिने पनि उल्लेख छ ।

अहिलेसम्म साउदी अरबमा महिलाहरुलाई विदेश यात्रामा जानका लागि पासपोर्ट अप्लाई गर्न कुनै पुरुष अभिभावक (श्रीमान् , बुवा, या अन्य पुरुष नातेदार) सँग अनुमति लिनुपर्ने व्यवस्था थियो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यो भन्दा पहिले पनि थुप्रै सुधारका घोषणा गरेका थिए । यसमा महिलाहरुले सवारी चलाउन नपाउने नियम हटाउनु पनि थियो ।

थुप्रै अन्तर्राष्ट्रिय मानवअधिकार संगठनको दाबी छ कि साउदी अरबमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरिन्छ ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्