Logo
१२ श्रावण २०८१, शनिबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सले जापान ओसाकाको पछि नारितामा पनि पायो चार्टर्ड उडान अनुमति

काठमाडौं : नेपाल वायुसेवा निगमले जापानको ओसाका पछि नारितामा पनि चार्टर्ड उडानको अनुमति पाएको छ ।

यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ ।

नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो । सोही कारण नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा गरिएको छ ।

निगमले आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्