Logo
१२ श्रावण २०८१, शनिबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार्जमा राखेर मोवाइलमा चलाउँदा १५ वर्षिय किशोरको मृत्यु

विराटनगर : मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।

सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्