Logo
१२ श्रावण २०८१, शनिबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाउकोको मुल्य १० लाख डलर पुरस्कार रहेको ओसामा बिन लादेनका छोरा पनि मारिए

काठमाडौं : आंकवादी संस्था अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको समाचार छ ।

अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण भने खुलीसकेको छैन गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो । करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए ।

यता बिभिन्न संचारमाध्यमका संवाददाताहरूले हम्जाको मृत्युबारे प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए । ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्