Logo
१२ श्रावण २०८१, शनिबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकिकरणपछि पेरिसडाँडामै पुगेर सहिदहरूको स्मरण गर्ने पहिलो मन्त्री बने योगेश भट्टराई

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री भट्टराईले बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण पछि तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा स्थित जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।

रवीन्द्र अधिकारीको निधनपछि प्रधानमन्त्रीले सम्हाल्दै आएका यो मन्त्रालय भट्टराईले बुधबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै सिंहदरबार आएर पदभार सम्हालिसकेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्