Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रावण महिनामा २ अर्ब बराबरकाे चुरा-पोते आयात

वीरगञ्ज : श्रावण महिनामा चुरा र मेहेन्दीको राम्रो व्यापार बढी हुने गरेकोे छ । विशेष गरेर हरियो चुरा, हरियो पहेलो बस्त्र, मेहेन्दी लगाएर महिलाहरु ब्रत बस्ने भएकाले पनि यस महिनामा हरियो चुरा र मेहेन्दीको व्यापार राम्रो भएको व्यवसायीहरुले बताएका छन् ।

असारको अन्तिम सातादेखि दशंैसम्म नै हरियो चुरा, हरियो पोते मेहेन्दी धरै बिक्री हुने गरेको वीरगञ्ज माईस्थानकी व्यापारी सविता देवीले बताए । चुरा र मेहेन्दीको मागसँगै यसको मूल्यमा समेत बृद्धि भएको छ । गत वर्ष ३०र३५ रुपैयाँ प्रति दर्जन पर्ने काँचको चुरा नै यो वर्ष ४० देखि ७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस्तै चुरा र मेहन्दी पसलेहरु मात्रै नभई ब्युटी पार्लरहरुमा पनि मेहेन्दी लगाउनेको संख्या बढेको छ । धरै जसो मेहेन्दी लगाउने भएपनि अरु महिनाको तुलनामा यस महिनामा मेहेन्दी लगाउनेको संख्या बढ्ने गरेको वीरगञ्ज गहवाकी व्युटीसियन मिहीका थापाले बताए ।

यस्तै भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५-०७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौली लगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत गरिएको छ ।

करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री नेपालमा आयात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्ता श्रृङ्गार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार श्रृङ्गार सामग्रीमा चुरा, पोते, मेहन्दी, टिकौली, लिप मेकअप, आइ मेकअप, पाउडर लगायत रहेका छन् । नेपालमा आयात गरिने श्रृङ्गारका सामान भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार पोते र चुरा मात्रै ४ करोड ८४ लाखभन्दा धेरैको आयात भएको छ ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्