Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको चर्को आलोचनापछि पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं : प्रदेश १ स्थित ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन्। भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए ।

अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन् । उनी लोकप्रिय युवा नेतामा पर्छन् ।

निर्वाचन प्रचारमा ताप्लेजुङ पुगेका हालका प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष ओलीले प्रचारसभालाई सम्बोधन गर्दै तपाईंहरु सांसद बनाएर पठाउनु होस हामी योगेशलाई मन्त्री बनाएर पठाउँछौं भनेका थिए ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए ।

सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको र लामो समय मन्त्री बिहीन रहनाले धेरै काम हुन नसकेको अबस्थामा मन्त्री हुन लागेका योगेश भट्टराईका लागि यो पद अवसरसँगै ठूलै चुनौति पनि हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ। प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री परिषदमा ठूलै हेरफेर हुने चर्चा गरिंदै आएको सन्दर्भ योगेशको यो नियुक्तिले तत्कालका लागि टुङ्गिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्