Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब धापासीमा पनि सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं : सिद्घार्थ बैंकले नयाँ शाखा विस्तार गर्ने क्रममा बुधबार काठमाडौंको धापासीमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा र्पुयाउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच र्पुयाउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १७३ एटिएम र १ हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्