Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा रहेको ऐतिहासिक हिन्दु मन्दिर पूजाअर्चनाका लागि ७२ वर्षपछि खुला

पाकिस्तानमा रहेको एक ऐतिहासिक हिन्दु मन्दिर वर्षौँपछि पूजाअर्चनाका लागि खुला गरिएको छ । सन् १९९२ मा भारतको बाबरी मस्जिद भत्काइएपछि सियालकोटमा रहेको शवाला तेजा सिंह मन्दिरमा आक्रमण भएको थियो । जसका कारण मन्दिर क्षतिग्रस्त भएको थियो ।

पाकिस्तानमा हिन्दु समुदाय अल्पसंख्यक हुन् । हाल पाकिस्तानमा झण्डै ७५ लाख हिन्दुको बसोबास छ । भारतीय सञ्चारमाध्यममा पाकिस्तानको सियालकोटमा रहेको शवाला तेजा सिंह मन्दिर सोमबार पूजाअर्चनाका लागि खुला गरिएको उल्लेख छ ।

तर पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार यो मन्दिर गएको मे देखि नै खुला गरिएको हो । लेखक तथा इतिहासकार राशिद नियाजको पुस्तक ‘हिस्ट्री अफ सियालकोट’ का अनुसार यो मन्दिर झण्डै एक हजार वर्ष पुरानो हो।

भारत-पाकिस्तान विभाजनपछि अर्थात झण्डै ७२ वर्षदेखि बन्द रहेको शवाला तेजा सिंह मन्दिर खुला गरिनुलाई महत्वपूर्ण मानिएको छ। भारत-पाकिस्तान विभाजन तथा बाबरी मस्जिदमा भएको आक्रमणपछि पाकिस्तानमा रहेका हिन्दु मन्दिर तथा अन्य धार्मिक स्थलमा आक्रमण भएका थिए ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्