Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दूकको नालमा मानिसलाई मुसलमान बनाउनु गैर-इस्लामी : पाकिस्तानी प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दूकको नालमा मानिसलाई मुसलमान बनाउनु गैर–इस्लामी हुने बताएका छन् । राष्ट्रिय अल्पसंख्यक दिवसमा आयोजित सोमबार इस्लामाबादमा एक समारोहलाई सम्बोधन गर्ने क्रममा इमरान खानले त्यस्तो बताएका हुन् ।

उनको आक्रोश पाकिस्तानका चरमपन्थीतर्फ लक्षित थियो । इमरान खानले भने, ‘कुरानमा स्पष्ट लेखिएको छ कि को कुन आस्थाको साथ जन्मिन्छ त्यो अल्लाहको इच्छा हो ।

अल्लाहले स्पष्ट भनेको थिए कि तपाईको काम सन्देश प्रसार गर्ने हो र यो काम जबरजस्ती गर्ने होइन । बन्दुकको नालबाट कसैलाई तपाईं मुसलमान बनाउनु अथवा मुसलमान नभएकोमा मार्नु यो सम्पूर्ण रुपले गैर–इस्लामिक हो ।’

उनले अन्य व्यक्तिलाई इच्छा विपरित आफ्नो धर्ममा ल्याउने अधिकार अल्लाहले पैगम्बरलाई पनि नदिएको बताए । प्रधानमन्त्री खानले पैगम्बरको पनि काम सन्देश दिनु रहेको थियो र इश्वरप्रतिको आस्था त इच्छा भएको बताए ।

इमरान खानले त्यसपछि अल्लाहले पैगम्बरलाई नदिएको अधिकार प्रयोग गर्ने हामी को हौं भनेर झाँको झारेका थिए । इमरान खानले इस्लाम र कुरानमा केही कुरामा पनि जबरजस्ती नभएको बताए ।

इमरानले पाकिस्तानको निर्माण हिन्दू एलिटको स्थानमा मुस्लिम एलिटलाई पुनरस्थापित गर्न मात्र नभएको बताए । इमरानले सम्बोधनको क्रममा भने,‘ हामीले आदर्श मान्ने मदीना राज्यमा राजा पनि कानुन मुनि हुन्थ्यो । मदीनाको शासनले अल्पसंख्यकको पनि भेदभाव गर्दैनथ्यो ।’

इमरान खानले अगाडि भने,‘जब म नर्वे र फिनल्याण्डजस्तो देशको सभ्यता र समाजलाई देख्छु तब १४ सय वर्ष अघिको मदीनाको न्याय–व्यवस्थाको सम्झना आउँछ । मदिनाको सत्तामा अल्पसंख्यकलाई पूर्ण अधिकार प्राप्त थियो ।

तिनले राज्यमा सम्मानजनक सहभागिता पाउँथे । त्यो शासन तालिम र विज्ञानमा आगाडि थिए । तर हाम्रो देशमा भने विधिको शासन छैन । जब विधिको शासन नहुँदा ठूल–ठूला देश नष्ट भएका छन् ।’

इमरान खानले अगाडि भने, ‘हाम्रो संघर्ष भनेको अधिकारको लागि हो । यदि हामीले आधुनिक पाकिस्तान बनाउने हो भने इस्लामले कसैलाई पनि भेदभावको इजाजत दिदैंन ।

यदि पाकिस्तानमा बस्ने हिन्दू, सिख र इसाईले यो देशलाई आफ्नो मान्न सके भने बल्ल यो देश बलियो हुन्छ । मलाई त थाहा पनि थिएन, करतापुर शिखहरुको लागि मदिना हो । मैले सोचे कि मुसलमानको लागि मक्का र मदिना यति महत्वपूर्ण छ कि सिखको लागि पनि यस्तै हो ।’

‘हामी करतारपुरमा सिखको लागि सम्पूर्ण व्यवस्था गर्नेछौं । हामी हिन्दूहरुलाई भन्न चाहन्छौ कि जे पनि हामी गर्न सक्छौं त्यस हिसाबमा हामी धर्मको रक्षा गर्नेछौं । हामी आफ्नो सुन्नतकै आधारमा यो गर्नेछौं ।’

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्