Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यसूचीमा प्रवेशै नगरी स्थगित भयो संसद बैठक, वर्तमान सरकार जनताबाट भागेको आरोप

काठमाडौं : बुधबार बसेको संसद बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले अवरोध गरेपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको हो ।

बुधबार बसेको संसद बैठकमा कांग्रेस र राजपाको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्लका सदस्य राजेन्द्र महतोले पत्रकाहरुसँग कुरा गर्दैे ओली नेतृत्वको सरकार जनताबाट भागेको जिकिर गरे ।

आफूहरुले संसदीय मूल्य मान्यता अनुसार मागबारे पटक पटक सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो महतोले गरे। ‘हामीले त संसदीय मूल्य मान्ता अनुसार पटक पटक सभामुखको ध्यानाकर्षण गराएका थियौँ’, उनले भने, ‘त्यो अनुसार न सभामुख गम्भीर देखिए, न सरकारको तदारुकता नै देखियो । हामीले पटक पटक कुरा राखेका छौँ’।

महतोले भने, ‘सरकारले मानवअधिकार हनन बढायो, हत्या हिंसा बढ्यो। न्यूनतम् संसदीय समिति नबनाइ भाग्ने सरकार कस्तो सरकार?’ महतोले आफूहरुले सलार्हीका दुई घटनामा संसदीय छानबिन समिति गठन र मधेस आन्दोलनपछि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने बताए। ‘हाम्रा सामान्य माग पनि नसुनी जनताबाट भाग्ने सरकार कस्तो सरकार, सरकार कति तर्सेको निरंकुशतातिर जान खोजेको हो?’, उनले भने, ‘सरकार आफैँले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दा नालायकी देखाउने ? यो माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्