Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा कांग्रेस-राजपा कार्यगत एकता, बैठक सुरु हुने बित्तिकै गरे नाराबाजी

काठमाडौं : बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले संसदमा अवरोध गरेका छन् ।

बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन् । दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे। उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । राजपा अध्यक्षमण्डलको मंगलबार बसेको बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेलगायतका माग राखेको छ। कांग्रेसले सर्लाहीमा भएका दुई गोलीकाण्डको छानबिनलाई मुख्य मुद्दा बनाएको छ ।

राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागमा सोमबारदेखि कांग्रेसले पनि सहमति जनाएपछि संसदमा मोर्चाबन्दी भएको हो। तर मंगलबारै कांग्रेसले लाल आयोगको प्रतिवेदनबारे राजपासँग कुनै कार्यगत एकता नरहेको बताएको थियो

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्