Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाणिज्य बैंहरूमा थुप्रियो ९५ अर्ब ६५ करोड लगानी योग्य रकम

काठमाडौं : बैंकिङ क्षेत्रमा करिब एक खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंहरूमा ९५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

‘अहिले बैंकमा प्रयाप्त लगानी योग्य पुँजी रहेको छ, बैधानिक तरलता (एसएलआर) कायम गरेर पनि ९५ अर्ब रुपैयाँ ६५ करोड रुपैयाँ लगानी गर्ने रकम छ’ लेखा समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने ‘अहिले तरलता अभाव भएको अखवा फैलाए जस्तो पनि देखिएको छ यथार्थमा प्रयाप्त तरलता रहेको छ ।’

गत वर्षहरूमा अत्याधिक तरलता अभाव नदेखिएको चालु आर्थिक वर्षमा वित्तीय औजारहरूको प्रयोग गरेर तरलता अभाव हनु नदिने प्रयसा राष्ट्र बैकले थालेको गभर्नर नेपालले बताए । उनले आर्थिक क्रियाकलाप बढ्दै जादा बैंकमा तरलता मागको चाप बढेको दाबी गरे। सांसद राजेन्द्र केसीले राष्ट्र बैंकबाट आर्थिक क्रियाकलाप बढेको बताए पनि आर्थिक क्रियाकलाप बढेको आधार नभएको बताए ।

जवाफमा गभर्नर नेपालले तीनरचार वर्ष पहिलेसम्म बैंकमा पैसा थुप्रने तर बजारमा पैसाको माग नहुने अवस्था रहेकोमा अहिले तरलता अभाव देखिनु बजारमा आर्थिक क्रियाकलाप बढेको पुष्टि भएको बताए। उनले अहिले उत्पादनमुलक उद्योगहरूमा ६० प्रतिशतको क्षमतामा संचालन गरेको पनि बताए ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्