Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलभित्र ५ घण्टा ग्याङ्ग फाइट, ५२ कैदीको मृत्यु

बीबीसी : ब्राजिलको जेलमा हिंसाको घटना साधारण हो । देशको जेलमा करिब सात लाख मानिसहरु बन्द छन् । धेरैजसो जेलमा क्षमताभन्दा बढी कैदी छन् । विरोधी गुटबीच जेलमा संघर्षको खबर लगातार आइरहन्छन् ।

जेलमा हिंसाको घटना हुने क्रममा मुलुकको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ ।
अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो ।

हिंसाको सुरुवात स्थानीय समय अनुसार बिहान सात बजेको हो र संघर्षमाथि दिउँसोमात्र नियन्त्रण पाउन सकियो ।

स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो ।
अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन गरिएको छ । रिपोर्टका अनुसार जेलको एउटा भागमा आगोसमेत लगाइएको थियो र धुँवाका कारण थुप्रैको निसास्सिएर मृत्यु भयो ।

अधिकारीलाई बनाएका थिए बन्धक:

कैदीले जेलका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । रिपोर्टका अनुसार अब उनीहरुलाई छुटाइएको छ । ब्राजिलको मिडियामा जुन भिडियो देखाइएको छ, त्यसमा जेलको एक भवनबाट धुँवा निस्किरहेको देख्न सकिन्छ ।

जेलमा क्षमताभन्दा धेरै कैदी:

जेलमा जुन दुई ग्याङ्गबीच लडाईं भएको छ, अधिकारीले उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

ब्राजिलको जी१ समाचार संस्थाका अनुसार अल्टामीरको जुन जेलमा हिंसा भएको छ त्यहाँ २०० कैदीलाई राख्ने क्षमता छ तर त्यहाँ ३११ कैदी थिए ।

मे महिनामा एकैदिन देशका चार भिन्न-भिन्न जेलमा भएको संघर्षमा ४० जनाको हत्या भएको थियो ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्