Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब आयातकर्ताले यी १२ वस्तुको एमआरपी भन्सारमै तोक्नुपर्ने

काठमाडौँ  : भन्सार विभागले टिभी, क्यामेरा तथा सवारी साधन लगायत १२ वस्तुको एमआरपी अब भन्सार विन्दुमै तोक्नुपर्ने नियम अघि सारेको छ । विभागले यी वस्तुको आयात गर्दा भन्सार विन्दुमै एमआरपी तोक्नुपर्ने सूचना प्रकाशित गरेको हो ।

आर्थिक ऐन २०६८ को अनुसुचि एकको दफा १९ को उपदफा १६ र २०६८ कात्तिक २० को अर्थमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आयातकर्ताले भन्सार विन्दुमै एमआरपी तोक्नुपर्ने विषयको सूची तयार पारेको थियो । सरकार अहिले त्यसलाई कार्यान्वयन गर्न अघि सारेको छ ।

विभागका अनुसार सबै प्रकारका टेलिभिजन, घरायसी एयर कण्डिसनर, घरायसी फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, सबै प्रकारका इनर्जी ड्रिङ्कस, मार्वल, ग्रेनाइट्स र टायन्स, कुकिङ रेञ्ज, चिम्नि, डिजिटल क्यामेरा, भिडियो क्यामेर, सवारी साधनको एमआरपी आयातकर्ताले भन्सार विन्दुमै तोक्नुपर्नेछ ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्