Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजमार्ग मर्मतसम्भारमा लापरवाही, खाल्डाखुल्डी बढेसँगै बढ्यो दुर्घटना

वर्दिवास : अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो ।

पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएको छ । राजमार्गमा सवारी चलाउन खाल्डाखुल्डी र छेउ कटानले समस्या बढेको चालक बताउँछन् ।

राजमार्ग मर्मतसम्भार गर्नेबेला गुणस्तरीय काम नगरिँदा र खाल्डाखुल्डी देखिनासाथै पुर्न नथालिँदा अहिले बग्रेल्ती खाल्डाखुल्डी बढेको बर्दिवासबाट सर्लाहीको लालबन्दीसम्म म्याजिक (सवारी साधन) चलाउने सोमन साशङ्करले बताए ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले पनि खाल्डाखुल्डी बढेसँगै दुर्घटना जोखिम बढेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा भएका १२१ सडक दुर्घटनामध्ये ७० प्रतिशत पूर्वपश्चिम राजमार्गमै भएको प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए । जारी साउनको दुई साता नहुँदै साना(ठूला गरी अहिलेसम्म १५ सवारी दुर्घटना सो राजमार्ग क्षेत्रमा भइसकेका छन् ।

यसैबीच सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अब वर्षा थामिएकाले राजमार्ग मर्मतसम्भारको काम थालिने जनाएको छ ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्