बाटो बिराएको महशुस गर्दै नेकपा प्रवेश गरे विप्लव समूहका नेता-कार्यकर्ता
ललितपुर : नेत्रविक्रम चन्द (विप्लव) समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमल्टारमा उक्त समूहका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाई थियो ।
प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने पनि बताए । नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताए ।
पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायत रहेका छन्