प्रदेश २ का रविराज साह ‘नेपाल लोक स्टार’ को ‘सेफ जोन’मा, देशभर साहको चर्चा (भिडियो सहित)
नेपालको सबैभन्दा ठूलो मौलिक रियालिटी शो मानिएको ‘नेपाल लोक स्टार’ को पहिलो सिजनको उत्कृष्ट २० अर्थात ‘सेफ जोनमा’ प्रदेश २ स्थित सर्लाहीका रविराज साह छनोट भएका छन् ।
नेपालमा पहिलो पटक प्रादेशिक स्तरमा अडिसन भएको नेपाल लोक स्टारको उत्कृष्ट २० मा साह आएका हुन् ।
७ प्रदेशमा प्रादेशिक तथा काठमाडौंमा निर्णायक ‘जज’ अडिसन सम्पन्न भएपछि भएको मेगा अडिसन र मेगा अडिसन पछि विहीबार भएको एपिसोडमा टप २० मा उनी छनोट भएका हुन् ।
नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शो को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका -४, पोखरिया निवासी २६ वर्षीय शाहले जनकपुरमा भएको प्रदेश नम्बर २ को अडिसनमा मैथिली पहिरनमा “ कवना नगरीया मोरा सैयाँजी के डेरा‘।” बोलको गीत गाएर छनोट भएका थिए ।
काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका साहले “गोर गोर देहिया ओपर धनि रङ चुनरिया‘” बोलको भोजपुरी गीत गाएका थिए ।
टप २० को लागि उनले नेपाली गीत ‘टुङना को धुन मा’ गाएको थियो। टप २० छनोट को लागि १५ जना लाई सेफ जोन र १० जनालाई डेन्जर जोनमा राखेको छ ।
साह सेफ जोन मा पर्न सफल भएका छन्। आगामी चरण हरुमा दर्शकको भोटिङ को आधार मा छनोट हुनेछन । आउँदो विहीबारदेखि भोटिङको आधारमा छनोट हुनेछ ।
नेपाल भारत र कतारबाट भोटिङ्ग गर्न सकिने :
अब भने भोटिङ्गबाट प्रतिष्पर्धीहरु छनोट हुन सकिने छन यसका लागि रविराजलाई भने निम्न अनुसार भोटिङ्ग गर्न सकिनेछ ।
नेपाल लोक स्टार हरेक विहीबार तथा शुक्रबार राति ८ः ३० बजे एपी वान टेलिभिजन तथा नेपाल लोक स्टार यूट्यूब च्यानलमार्फत प्रशारण हुने गर्दछ ।
बच्चैदेखि संगीतमा रुचि राख्ने साहले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् । हाल उनी भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय संगीतका विद्यार्थी हुन् ।
भिडियो :