Logo
२ जेष्ठ २०८१, बुधबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ‘डेट एक्सपायर’ नेताको रुपमा चिनिएका सुब्रमन्यम स्वामी भन्छन् ‘नेपाल हिन्दुराष्ट्र हुनुपर्छ’

काठमाडौं : भारतमा खासै कुनै महत्वपुर्ण स्थान नरहेका भारतीय नेता/विचारकहरुलाई नेपाल गुलामी गरिनु समान्य कुरा हो । विजय ज्वली, सिताराम यचुरी, डिपि त्रिपाठी, एसके मेहता, एसडी मूनी, दिनेश उपाध्याय लगायतकाहरु भारतमा ‘डेट एक्सपायर’ नेता/विचारकहरु हुन् । तर यीनीहरुको भने नेपालमा निकै गुलामी गरिन्छ ।

भारतीय जनता पार्टी ‘भाजपा’ सत्तामा आए लगतै भाजपा नाम जोडिएर आउने जोसुकैको पनि नेपालमा चल्ती नै खुलेको पाइन्छ । भाजपाका मुख्य तथा जिम्मेवार नेताहरुले खासै बोल्न नरुचाउने कुराहरु यस्ताहरुले चर्को स्वरमा बोलिरहेका हुन्छन् र नेपालीहरुले भने ताली मार्दै गदगद भइरहेको हुन्छन् ।

यसैबीच भाजपाकै एक नेता तथा राज्यसभा सांसद डा. सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । कुनैबेला छुटैपार्टी बनाएका स्वामी पछिल्लो केहि वर्षदेखि भाजपामै रहेका छन् ।

खुफिया जानकारीका जानकार मानिने स्वामीलाई भाजपाको शिर्ष नेतृत्वले भने खासै मनपराउँदैनन् । शिर्ष नेतृत्वले उनलाई मार्गदर्शक मण्डलको टोलीमा राखेका छन् । यद्यपी पार्टीमा भने उनको खासै कुनै पकड मानिदैन ।

राजावादी संस्था विश्व हिन्दु महासंघ र गोलवल हिन्दु फोण्डेशन नामक दुई संस्थाद्वारा काठमाडौँमा संयुक्त रुपमा आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामीले सो कुरा बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै डा. स्वामीले नेपालको भौगलिक अवस्था र इतिहासले गर्दा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने जिकिर गरे । यसबारे भारत र चीनसमेत सकारात्मक रहेको उनले दाबी गरे ।

एक दिने भ्रमणमा नेपाल आएका उनले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

करिब ३० मिनेट भएको भेटवार्तामा नेपाल भारतको द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको स्वामीले जानकारी दिएका छन् । शनिबार उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।

केही दिन अघि मात्र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपाल आएर फर्किएका थिए । गोयलले गरेको केही ‘उच्चस्तरीय’ भेटवार्ताले निकै चर्चा पाएको थियो ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्