Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लिएको सरकारले समृद्धि ल्याउन सकेन : पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले समृद्धि ल्याउन नसकेको बताएका छन् । राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन् ।

गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाएका हुन् ।

पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्रा्ष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाए । उनले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो ।

प्रकाशित मिति: Jul 27, 2019

प्रतिक्रिया दिनुहोस्