Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चोभार दोभानमा तलाउ निर्माण गरी डुङ्गा चलाउने मैले योजना बनाएकी छु’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले बागमती-नख्खु दोभानमा डुङ्गा चलाउने आफ्नो योजना रहेको बताएकी छन् ।

शनिबार विहान नख्खु खोलाले डुवान गरेको क्षेत्रको अवलोकनपछि बागडोलबासीसँग छलफलमा सांसद भुसालले चोभारस्थित बागमती-नख्खु दोभानमा बाढी नियन्त्रण गरी डुङ्गा चलाउने आफ्नो योजना रहेको बताएकी हुन् ।

उनले भनिन्,‘चोभारस्थित बागमती-नख्खु दोभानमा आउने वर्षेनीको बाढीलाई नियन्त्रण गरी चोभारको ऐतिहासिक तथा पर्यटकीय महत्वको संरक्षण गर्ने सकिन्छ । चोभार दोभानमा तलाउ निर्माण गरी डुङ्गा चलाउने मैले योजना बनाएकी छु ।’

साथै उनले नख्खु करिडोर र बागमती करिडोर निर्माणमा आफूले विशेष जोड दिएको पनि बताइन् । सांसद भुसालका अनुसार चोभार गल्छेडोको कारण आउने वर्षेनीको बाढी नियन्त्रणमा विशेषज्ञ खटाई स्थायी रुपमा दोभानमा आउने बाढीको नियन्त्रणमा पहल भइरहेको छ ।

सांसद भुसाल, ललितपुरबाट निर्वा्चित प्रदेश तीनका सांसद द्वयसहितको टोलीले नख्खु-बागमती दोभानको बाढी ग्रस्त क्षेत्रको स्थलगत भ्रमण गरेको छ ।

प्रकाशित मिति: Jul 27, 2019

प्रतिक्रिया दिनुहोस्