Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आ-आफ्नै देशबाट ओली र मोदीले संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने

काठमाडौं : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । साउन महिनामा गरिने उक्त यो पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपि शर्मा ओलीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।

पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् ।

यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् । उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ ।

भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो ।

पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्