Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

KCC एक्जिबिट शनिबारसम्म, सूचनाप्रविधि, इलेक्ट्रोनिक्सका २६ भन्दा बढी प्रदर्शनी

काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी प्रदर्शनी, २ वटा गेमस्टलसहित केसीसी एक्जिबिट २०१९ को उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उनले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्ने बताए ।
मन्त्री सुनारले कान्तिपुर सिटी कलेजले यस्तो आयोजना गरेको कार्यक्रमले युवा क्षेत्रलाई विज्ञान-प्रविधिसँग जोड्न योगदान पु¥याएको उल्लेख गरे ।

कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले प्रदर्शनीलाई दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताए । उनले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गरे । सूचना-विधिमार्फत् सशक्तिकरण गर्दै यस्तो उपायगर्न सकिने रेग्मीको दाबी छ ।

सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना-प्रविधिलाई सजिलोको लागिमात्र नभई दीगोपनका लागि समेत प्रयोग गर्न आह्वान गरे । कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले दीगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए । हालै दुईवटा कलेजलाई भर्ना लिन नपाउने गरी पत्र काटेको भन्दै उनले स्तरीय इन्जिनियरिङ शिक्षामा जोड दिए ।

कार्यक्रमका कलेजका प्रिन्सिपल राजु कट्टेलले यसलाई मनोरञ्जन र ज्ञानको सम्मिश्रणका रूपमा चित्रण गरे ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्