Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र चीनबीच हवाई सेवा सम्झौता, चीनका १५ गन्तव्यमा उडानको अवसर

बेइजिङमा सम्पन्न द्विदिवसीय वार्तामा नेपाल र चीनबीच हवाइ सेवा सम्झौता भएको छ । आज शुक्रबार दुई देशका हवाई सेवाका अधिकारीबीच भएको वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।

द्विपक्षीय छलफलपछि आज हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप ८ वटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ ।

चीनका कुन-कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलका क्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्