Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तातोपानी नाकाबाट राजश्व सङ्कलनमा उल्लेखनीय वृद्धि

चीनसँग सीमा जोडिएको सिन्धुपालचोकको तातोपानी नाकाबाट उल्लेखनीय राजश्व संकलन भएको छ । १ महिनाको अन्तरालमा उक्त नाकाबाट ५३ लाखको राजश्व संकलन भएको हो ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताएअनुसार ४ वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको हो ।

औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा ३-४ वटा मात्रै कन्टेनर भित्रने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ । चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चा्स्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह-पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् ।

भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेका थियो । नाकामा व्यापार बढ्दै गएपछि राजश्व सङ्कलनमा थप सुधार आएको र यो पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्