Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इनरहिवल क्लव अफ बागमती’ले मनायो आफ्नो ११ औँ चार्टड डे

काठमाडौं :  इनरह्विल क्लव अफ बागमतीले आफ्नो ११ औ स्थापना दिवस मनाएको छ । काठमाडौंको गैह्रीधारा स्थित एलिस रिसेप्सनमा बिहीबार एक समारोहको आयोजना गरि क्लवले आफ्नो स्थापना दिवस मनाएको हो ।

क्लव सन २००९ जुलाई २५ तारिकमा स्थापना भएको थियो । स्थापना दिवसमा क्लवले पर्वतारोही कान्छीमाया तामाङलाई इनरह्विल क्लब अफ बागमतीको मानार्थ सदस्यता समेत प्रदान गरेको छ । पर्वतारोही तामाङले २०१९ मे २२ तारीखका दिन इनरहिलव इन्टरनेशनल तथा इनरहिलव डिस्ट्रिक्ट ३५० को झण्डा सगरमाथाको चुचुरोमा फहराएकी थिईन ।

तामाङले ३ पटकसम्म सगरमाथाको सफल आरोहण गरेकी छन् । तामाङलाई क्लवले आफ्नो स्थापना दिवसका अवसरमा सम्मान गर्दे मानार्थ सदस्यता प्रदान गरेको हो ।

स्थापना दिवसका अवसरमा क्लवकी संस्थापक अध्यक्ष तथा इनवरहिवलकी राष्ट्रिय प्रतिनिधी कमलप्रभा खरेलले रोटरी र इनरह्विल क्लवको नाम फरक भएपनि मर्म भने मानविय सेवा नै रहेको बताइन् । इनरह्विल डिस्ट्रिक्ट ३५० की चेयरपर्सन समिरा ध्वजुले इनरह्विल ले महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरुको प्रतिभा प्रस्फुटनका लागि काम गरिरहेको बताइन् । इनरह्विल को मर्म सेवा, मित्रता र धैर्यताको बलियो गाँठो निर्माण गर्नु रहेको ध्वजुले बताइन् ।

इनरह्विल क्लव अफ बागमति गतिशिल इनरह्विल क्लव रुपमा रहेको बताउँदै उनले दुई पटक सम्म डिस्ट्रिक्टको नेतृत्व इनवरहिवल क्लव अफ बागमतीबाट हुनुले सोको पुष्टि भएको उल्लेख गरिन् । एकतावाट जे पनि गर्न सम्भव छ भन्ने इनरह्विल ले प्रमाणित गरेको उनको तर्क थियो ।

वर्ष २०१९- २० की इनरहिलव क्लव अफ वागमतीकी अध्यक्ष सृजना केसीले यो वर्ष पनि क्लवले गल्र्स चाइल्ड एजेकेशन स्कलरशिप कार्यक्रमलाई प्रथामिकताका साथ अगाडि बढाउन आफुहरु दृढसंकल्पित रहेको बताइन् । समुदायको सेवामा रोटरीसँगको साझेदारीलाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्वता केसीले व्यक्त गरेकी थिइन् ।

समारोहमा रोटरी क्लव अफ वागमतीका अध्यक्ष रोटरियन दिनेश बर्जाचार्यले क्लवको प्रगतिको कामना गरेका थिए । समारोहमा विभिन्न संस्कृति झल्कने गरी क्लबका पूर्व अध्यक्षहरु तथा वर्तमान कार्यसमितिका सदस्यहरुले र्याम्प वाक गरेका थिए ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्