सावधान ! अपरिचित विदेशी नम्बरबाट फोन आउँछ ? ठगिनुहोला है
काठमाडौं : पछिल्लो समय नेपाली मोबाइल र टेलिफोनमा अपरिचित विदेशी नम्बरबाट कल तथा मिस्डकल एकाएक बढ्न थालेको छ । त्यस्ता नम्बरबाट निरन्तर कल आउनाले नेपाली ग्राहकहरु दिक्क भइसकेका छन् ।
कतिपय ग्राहक त्यस्ता फोन उठाउँदा ठगिने समेत गरेको नि खबर आएको छ । तसर्थ त्यस्ता अपरिचित नम्बरबाट फोन नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले सबै ग्राहक महानुभावलाई अनुरोध गरेका छन् । प्रधिकरणले बिहीबार जनहितमा एक सूचना जारी गर्दै सर्वसाधारणलाई अपरिचित विदेशी नम्बरबाट आउने फोन नउठाउन आग्रह गरेको हो ।
‘त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरूबाट फोनकल आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।