५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन भइरहेको जावलाखेलमा चल्यो डोजर (हेर्नुस् तस्विरहरु)
राजधानी अन्तरगतका जिल्ला ललितपुरस्थित जावलाखेल सडक आसपासको सार्वजनिक जग्गामा बनाइएका टहरा र त्यहाँ राखिएका पसलहरु डोजर लगाएर हटाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको जानकारी दिए । शुक्रबार बिहान प्रशासनले वाताबरणीय प्रभाव, दुर्घट्नालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरु हटाएको हो ।
उनले गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेकाले हटाइएको बताए । प्रशासनले डोजर लगाउने थाहा पाएपछि केही पसलेहरुले सामान सारेका थिए ।
जावलाखेलस्थित चिडियाखाना नजिकै रहेको सार्वजनिक जग्गामा गत ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो ।
हेर्नुस् तस्विरहरु :