Logo
३१ बैशाख २०८१, सोमबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वानुमान महाशाखाअनुसार यस्तो रहनेछ आजको मौसम

काठमाडौं :  आज मुलुकभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने देखिएको छ । देशका पूर्व र पश्चिमका केही स्थानहरुमा वर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ ।

आज राती भने देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशका पूर्वी र पश्चिमी तराईका १ -२ स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्हरुको भनाइअनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा अझै दक्षिणतिर सर्ने छ जसका कारण मनसुनी गतिविधि कम सक्रिय हुँदै जानेछ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्