यी हुन् मन्त्रिपरिषद्ले गरेको २० निर्णय : ‘सरकारलाई भारतीय गुप्तचर प्रमुख आएको थाहा छैन’
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर ‘रअ’ प्रमुख आएको बारे थाहा नभएको बताएका छन्। गत आइतबार भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल नेपाल भ्रमणमा आएका थिए। उनले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेको समाचारहरु आएका थिए।
कूटनीतिक आचारसंहिता विपरीत जासुसी निकायका प्रमुखसँग भेटेको भन्दै नेताहरुको आलोचना भइरहेको अवस्थामा सरकारका प्रवक्ताले नै यसबारे अनभिज्ञता जनाएका हुन्। ‘भारतीय गुप्चर आएको हामीलाई थाहा छैन,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने भने, ‘आएको, भेटेको हो भने पनि कूटनीतिक प्रचलन अनुसारै हुन्छ। प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन। अरु राजनीतिक नेताहरुले भेटेको पनि थाहा छैन।’
उनले मुलधारका मिडिया यस्ता ‘कुइरीमण्डल’मा अल्झिनु नहुने बताए। त्यस्तै चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा प्रगति हुन नसकेको बारे सोधिएको पश्नमा उनले आफूहरु आएपछि प्रगति भएको मन्त्री बाँस्कोटाले दाबी गरे। ‘जनु कुरा दशकौंदेखि अघि बढेको थिएन त्यो हामी आएपछि केही अघि बढेको छ,’ उनले भने, ‘त्यसमा भौगोलिक कठिनाइको कुरा छ। प्रकृतिसँग जित्नुपर्ने खालको कुरा छ। यो सजिलो कुरा होइन।’
नेपालले अघि सारेका मध्ये ९ वटा आयोजना बिआरआईमा छनौट भएको भन्दै उनले त्यसमा चीनको पनि अनिच्छा नभएको र नेपाल पनि चुपचाप नबसेको बताए। ‘हाम्रो इच्छा, स्रोत साधन र यसको प्राविधिक कुरालाई पनि जोडेर हेर्नुपर्छ,’ उनले भने, ‘६ वटा बन्दरगाह पाउने भएका छौं, यो पनि त सानो कुरा होइन। सम्बन्धित मन्त्रालय यसमा निरन्तर लागेका छन्।’
यी हुन् मन्त्रिपरिषद्ले गरेको २० निर्णय
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका हुन्।
निर्णय: