Logo
२ फाल्गुन २०८१, शुक्रबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पत्तिको हक जेष्ठ नागरिकमा, सन्तानले हकदाबी गर्ने कानुनी व्यवस्था खारेज गर्न माग

काठमाडौं : ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था चाँडै नै बन्ने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हकदाबी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिदै उहाँले आफ्नो खुट्टामा आफै उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हकदाबी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क बताएका थिए ।

कडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हकदाबी गर्ने कानुनी व्यवस्था नरहेको बताए ।

विधेयकमा ज्येष्ठ नागरिकलाई कम्तिमा ६ महिना पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हकदाबी गर्न पाउनुपर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्