Logo
१३ बैशाख २०८१, बिहीबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा

काठमाडौं : मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन् ।

उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन् । श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ ।

नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन् । श्रृङ्खलासँगै भ्लगर सिसम बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन् ।

अप्रिलमा २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ । दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूता पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन् ।

उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको हो ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्