Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक पुनः स्थगित

काठमाडौँ :  आज दिउँसो बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले डाकेको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबिच सहमति बन्न नसकेपछि स्थागित भएको हो ।

पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद नमिल्दा मंगलबार स्थगित भएको बैठक बिहीबार बोलाइएको थियो । जुन आज फेरि दुई नेताबीच कुरा नमिल्दा स्थगित भएको हो ।

स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।

पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । एकता प्रक्रियाको अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले नेकपालाई समस्यामा पारेको छ ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्