खानेपानी र शौचालयको संकट, सुरुङ खन्दै कामदार, ५ स्थानमा बगैंचा निर्माण (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
८ श्रावण २०७६, बुधबार ००:००
बुधवार देशभरबाट थरी-थरीका तस्विरहरु सार्वजनिक भएकाछन् । कहिँ खानेपानी र शौचालयको संकटको तस्विर सार्वजनिक भयो भने कतैबाट सुरुङ खन्दै कामदारहरुको तस्विर आयो, त्यस्तै ५ स्थानमा बगैंचा निर्माण भएको तस्विर पनि सार्वजनिक भएको छ ।
हेर्नुस् फोटो-फिचर :
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार विचवास्थित वीरेन्द्र सामुदायिक वनमा बुधबार वृक्षरोपण गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेश सदस्य महेशदत्त जोशी, प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यलगायत । तस्वीर : राजेन्द्रप्रसाद पनेरुदोर्दी गाउँपालिका– ६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको सुरुङको काम गर्दै कामदार । पावरको मुख्य सुरुङ मार्ग । तस्वीर : जनक श्रेष्ठदोर्दी गाउँपालिका– ६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको सुरुङको काम गर्दै कामदार । पावरको मुख्य सुरुङ मार्ग । तस्वीर : जनक श्रेष्ठखोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित पुरोनो बेसक्याम्पमा जमेको हिलोको दलदल । लगातारको वर्षापछि जमेको हिलोका कारण पैदल यात्रुलाई सबैभन्दा सास्ती भएको छ । तस्वीर : केदार मगरतनहुँको भिमाद नगरपालिका९ भानुमतिस्थित भिमभैरव मोटरमार्गको विभिन्न खण्डमा फूलबगैंचा निर्माण गर्दै । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पाँच स्थानमा बगैंचा निर्माण गरिएको छ । तस्वीर : कृष्ण न्यौपानेविसं २०७२ बैसाख १२ गते शनिबार गएको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोट विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार ।। चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि पुनर्निर्माण शुरु गरिएको छ । तस्वीर : रामहरि न्यौपानेचार वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको तादी गाँउपालिका३ खरानीटार स्थित अमरज्योति माध्यमिक विद्यालयको छात्रावास भवन । उक्त भवनको पुर्ननिर्माण नहुँदा विद्यालयको छात्रावास सुविधा प्रभावित भएको छ भने जीर्ण भवनले जोखिम समेत बढाएको छ । तस्वीर : रामहरि न्यौपाने ।वर्षाका कारण डोल्पाको जुफालस्थित विमानस्थलमा चार दिन देखि हवाईजहाज नआएपछि उपचारका लागि जान लागेका विरामी विमानस्थलमा अलपत्र । तस्वीर हेमन्त केसी ,जाजरकोटअव्यवस्थित थापाथलीस्थित कालोमोचनघाट । गोरखा भूकम्पबाट जीर्ण यहाँका सन्यासी, बैरागी र उदाशी अखण्डामा खानेपानी र शौचालयको संकट छ । रकम अभावले बाबाहरुलाई दैनिक पूजाआजा गर्न पनि कठिनाइ भएको छ । तस्वीर समुन्द्रा घिमिरेकास्कीको माछापुच्छ्रे गाउँपालिका६ धितालमा स्थानीय पूर्णाखर तिमिल्सिनाले शुरु गर्नुभएको माछापालन व्यवसाय । उहाँले तीनवटा पोखरी निर्माण गरेर माछापाल्न शुरु गर्नुभएको छ । तस्वीर : कृष्ण दवाडीकास्कीको लेखनाथ क्षेत्रमा गरिएको प्लटिङ । कृषि प्रधान देश नेपालमा उत्पादन योग्य जमिन प्लटिङ हुँदै वस्तीमा परिणत बन्दै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । तस्वीरः वासुदेव पौडेल