Logo
१७ फाल्गुन २०८०, बिहीबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश हल्लाउने यो हो ललिता निवासको २९९ रोपनी जग्गा (हेर्नुस् तस्वीरहरु)

सिंगो देश नै हल्लाउने गरि ललिता निवासको २९९ रोपनी जग्गा प्रकरणले देशको शक्तिशाली व्यक्तिहरुलाई विवादमा तानेको छ । नेपालको राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा लामो अनुभव सँगालेकाहरु यस प्रकरणमा मुछिएका छन् ।

सरकारले मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा व्यक्तिको नाममा पुगेको खुलेपछि देशको कार्यकारी अधिकार रहेका प्रधानमन्त्री निवास समेत भूमाफियाले हात पारेको विषय बाहिर आयो ।

यसमा जिम्मेवार कर्मचारीदेखि राजनीतिक दलका नेता समेत संलग्न रहेको विषय उठ्यो । ललिता निवासको जग्गामा व्यापारिक घरानियाँहरुले समेत आँखा लगाएको पुष्टि भयो । भाटभटेनिको भव्य स्टोर भवन ललिता निवासको जग्गामा बनेको छ ।

गैर आवाशीय नेपाली संघ एनआरएनको भवन ललिता निवासको कम्पाउन्डको जग्गामा बनेको छ । सरकारी जग्गा व्यक्ति या संस्थाका नाममा पुर्याउन ठूलै चलखेल भएको छ । अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो ।

अख्तियारले ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंको कर्मचारीहरुको मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशित गरेको थियो ।

त्यसपछि पनि बयानका लागि बोलाउने क्रम जारी छ । हालसम्म एक सयभन्दा बढीलाई बयानका लागि बोलाइसकेको अवस्थामा अब शक्तिशाली नेताहरुसँग बयान लिने भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अख्तियारले बयान लिने तयारी गरेको हो ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालका परिवार उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदी, व्यवसायी मिनबहादुर गुरुङ्गका छोरा कल्याण गुरुङ्गलगायतसँग बयान लिइसकेको छ ।

 

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्