Logo
१२ श्रावण २०८१, शनिबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाही घटनालाई थाती राख्दै कांग्रेस र राजपा, बाढीपहिरोबारे छलफल लागि संसद खुलाउन सहमत

काठमाडौं : सर्लाही घटनालाई लिएर लगातार संसद अवरोध गर्दै आएका नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् ।

सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मुठभेडमा भएको भनिएको मृत्युको विषयलाई लिएर कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए ।

बुधबार संसदमा कांग्रेस र राजपाले नै बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको हो ।

संसद बैठक सञ्चालन गर्ने विषयमा बुधबार भएको छलफलमा सभामुख कृष्णबहादुर महराले पूर्व्निर्धा्रित कार्यसूचीलाई हटाएर जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सहमत भएका छन् ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्