Logo
३१ बैशाख २०८१, सोमबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाइ अलर्ट : पुन: सक्रिय भएको मनसुनका कारण आकश्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ :  आज मुलुकभरका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । मनसुनी वर्षा पुनः सक्रिय भएको छ । तसर्थ विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले चुरे र पहाडबाट बहने नदीमा आकश्मिक बाढीको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

केन्द्रका अनुसार बुधबार चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना, रहेको छ ।

‘तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ’, केन्द्रले सूचना जारी गरेर भनेको छ ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्