प्रधानमन्त्री मोदीसंग संसद भवनमै भेट्न आउने विशेष साथी को ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेका छन् । त्यसमा उनी एउटी बालिकासँग खेलिरहेका देखिन्छन् भने बालिका पनि खुशी देखिन्छिन् ।
मोदीले लेखेका छन् ‘आज एउटी विशेष साथी मलाई भेट्न संसदमा आइन् ।’ तस्बिरमा सँगै चकलेट पनि राखिएको देखिएको छ ।
उक्त तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कल लगाइएको छ, को हुन् ती बालिका भनेर ।
वास्तवमा ती बालिका हुन् मोदीकै दल भारतीय जनता पार्टीका नेता एवं राज्य सभा सदस्य सत्यनारायण जटियाकी नातिनी ।
सामान्यतः देशी-विदेशी पाहुनासँग भेट गरिरहने मोदीले मंगलबार समाजिक संजाल मार्फत् ती सानी पाहुनासँग खेलेका तस्बिर सार्वजनिक गरेका हुन् ।