Logo
२ जेष्ठ २०८१, बुधबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नी सहित शनिवार नेपालका आएका ‘रअ’ प्रमुख गोयल एर्यपोर्टबाट सिधै किन पुगे जिम्बु थकाली?

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल सोमवार दिउँसो फर्किएका छन् । नेपाल एयरलाइन्सको आर २१८ बिमानबाट विजनेस क्लासमा काठमाण्डौ आएका उनीहरु आर २१७ बाट फर्केका हुन् ।

आ–आफ्ना पत्नी सहित गोयलसंगै शसिकुमार सिंह तोमर, अरुण जैन लगायत ६ जनाको टोली नेपाल आएका हुन् । काठमाण्डौ एर्यर्पोटमा उनीहरुलाई रिसिभ गर्न नेपाल स्थित (रअ) का प्रमुख अभिजीत हल्दार पुगेका थिए ।

एर्यर्पोटबाट उनीहरु सिधै टङ्गाल स्थित जिम्बु थकालीमा खाना खान गएका थिए भने त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसंगको लामो भेटघाटपछि उक्त टोली बौद्धस्थित हायात होटलमा बसेको थियो । त्यहाँ ३ दिनका लागि रुम बुक थियो भने जहाँजको टिकट समेत आवतजावत पहिलादेखि नै फिक्स रहेको थियो ।

केहि नेपाली मिडियाले उनीहरु ५ दिनका लागि नेपाल आएपनि अचानक छोट्याएर फर्किएको दावी गरिहेको भएतापनि त्यसमा कुनै सत्यता नरहेको श्रोतको दावी छ ।

‘उहाँहरुको आवत-जावत टिकट पहिलादेखि नै फिक्स थियो, कसरी छोट्याएर जानु भो र ?’ नागरिक टाइम्सको एक श्रोत सदस्यले भने यहाँका कतिपय हावादारी मिडियाहरुको काम नै मनगड्न्ते हवा उडानु हो’

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअकै सचिवका रुपमा कार्यरत थिए ।

राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत सहभागी रहेको भ्रमण टोलीलाई भेट्न पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भटुटराई लगायतका नेताहरु होटेलमै पुगेका थिए भने पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ्य रहेका कारण उनलाई भेट्न उनीहरु उनकै निवास पुगेका थिए ।

भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि रअका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो । मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्