Logo
१२ श्रावण २०८१, शनिबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहको गतिविधि अस्पष्ट : ‘जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष बुझ्न सकिएन’

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले हाल विप्लव समूहले गरिरहेको गतिविधि  अस्पष्ट रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव बैद्यले विप्लव जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको बताएका हुन् ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

महासचिव बैद्यले वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदै सरकारको ध्यान अझै यस्ता विषयमा नगएको आरोप लगाए ।

अहिलेको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरु जनसंघर्षको पक्षमा रहेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बाटो विराएको भन्दै वैद्यले त्यसैले सरकारबाट जनआकांक्षा पूरा हुन नसक्ने जिकिर गरे ।

अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले संघीयता पनि त्यस्तै रहेको बताए । सरकारले विप्लव समूहलाई नबुझी उनीहरुमाथि व्यवहार गरिरहेको महासचिव वैद्यले उल्लेख गरे

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्