Logo
११ श्रावण २०८१, शुक्रबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग मुख्यमन्त्री राई

विराटनगर : एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार आकस्मिक बैठकमा राखेका छन् ।

सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको उक्त आकस्मिक बैठकमा राईले भने, ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’

मुख्यमन्त्री राईले अगाडि भने, ‘यदि कर्मचारी पक्राउले निरन्तरता पाएमा यो प्रदेशको अवस्था कस्तो होला ? त्यसैले समयमै सचेत गराउन यो (बैठक) डाकेको छु ।’

बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको बताए । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उनले बताए । मुख्यमन्त्री राईले आफूले प्राप्त गरेको सूचनाअनुसार अरु कर्मचारी घुस काण्डमा पक्राउ पर्ने अबस्था रहेको भन्दै सबै कर्मचारीलाई सचेत हुन निर्देशनसमेत दिए ।

मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए । उनले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षासमेत गरे ।

बैठकमा प्रदेश सरकार महातहका माथिल्ला तहका कर्मचारीलाई बोलाइएको थियो ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्