Logo
३१ बैशाख २०८१, सोमबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम पूर्वानुमानकाअनुसार ३ दिसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु- भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको र पश्चिमी भु-भागमा आंसिकदेखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ । त्यसैगरी पूर्व र मध्यका केही स्थानमा भारी वर्षा र पश्चिमको केही स्थानमा सामान्य वर्षाको सम्भवाना ३ दिन सम्म देखिएको महाशाखाले जनाएको छ ।

आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ –

श्रावण ६ गते सोमबार :
दिउँसो :  देशको पूर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही पूर्वका र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ । पूर्व तथा मध्यका थोरै साथै पश्चिमका १- २ स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राति  : देशको पूर्वी र मध्य भु-भागमा सामान्य देखि पूर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक द’ई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ७ गते मंगलबार :
दिउँसो :  देशको पूर्वी र मध्य भु-भागमा पूर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानह?मा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका १- २ स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

राति :  देशको पूर्वी र मध्य भागमा सामान्य बदलि देखि पूर्ण बदली साथै पश्चिमी भ’भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ. देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका १- २ स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

श्रावण ८ गते बुधबार :
दिउँसो :  देशभर सामान्य देखि पूर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ. देशका केही स्थानहरुमा भारि साथै १- २ स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती :  देशभर सामान्य बदली देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र पश्चिमका १- २ स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका १- २ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्