Logo
३० बैशाख २०८१, आईतबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वानुमान महाशाखाकाअनुसार आज मुलुकभर बदली र वर्षाको सम्भावना

काठमाडौँ :  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ सरेको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्प युक्त वायु प्रवेश गरेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहने जनाइएको छ । यस्तै स्थानीय वायुको प्रभावका कारण पनि वर्षाको हुने बताइएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।  त्यसैगरी देशका केही ठाउँजस्तै पूर्व र मध्यका १ २ स्थानमा भने वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उक्त स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अहिले देशका पूर्वी र पश्चिमी भूभागमा भने आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तैगरी मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ भने पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने बताइएको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्