अभिनेत्री राधिका आप्टेको ‘सेक्स क्लिप्स’ सार्वजनिक (हेर्नुस् भिडियो)
बलिउड नायिका राधिका आप्टे अभिनित हिन्दी चलचित्र ‘द वेडिङ गेस्ट’ को एउटा क्लिप्स बाहिरिएको छ ।
राधिका र देव पट्टेल अभिनित सेक्स सिन सार्वजनिक भए लगत्तै धेरै राधिकाको नाम जोडेर टिप्पणी गरे ।
देव र आफु भएको भिडियोको सन्दर्भमा आफ्नो मात्रै नाम जोडिनुलाई राधिकाले बिमार मानसिकताको उपज भएको टिप्पणी गरिन् ।
‘जुन दृष्य सार्वजनिक भएको छ त्यसमा देव पट्टेल र मैले अभिनय गरेका छौं । तर, मान्छेहरु किन मेरो मात्रै चर्चा गर्छन् ?’ राधिकाले भनिन् ।
त्यसो त फिल्मको दृष्य सार्वजनिक भएर उनी चर्चामा आएको यो नै पहिलो पटक भने होइन ।
सन २०१६ मा ‘पार्चड’ मा आदिल हुसैनसंग सेक्स गरेको भिडियो सार्वजनिक हुँदा पनि उस्तै चर्चा भएको थियो उनको ।
फिल्ममा आउनु अघि नै वाथरुमको सेल्फी सार्वजनिक गरेर उनी चर्चामा आएकी थिईन् ।
हेर्नुस् भिडियो :