Logo
१२ श्रावण २०८१, शनिबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव हारेपछि भूमिकाबिहीन बनेका नेता गौतमले संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभागको प्रमुख वामदेव गौतमलाई दिने सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्व एमालेका नेताहरुको बैठकले नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिन सहमत भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सो कुरामा आफ्नो पनि सहमत रहेको बताएका छन् ।

तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन छन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए । पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् ।

नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए ।

बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागि रहेको स्रोतले बतायो ।

३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्