Logo
६ जेष्ठ २०८१, आईतबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइफाइको स्पीड कसरी दोब्बर बनाउने सोचमा हुनुहुन्छ ? यहाँ छन् केही टिप्स

अहिलेको युग भनेको प्रविधिको युग हो । प्रविधिको पहुँच नभएको कुनै यस्तो शहर नहोला । त्यसैअनुरुप आजकल हरेक आममानिसको हात हातमा इन्टरनेट पुगेसँगै त्यसको भरपूर प्रयोग गर्न पाएका छन् । अझ मोबाइल पनि सबैको हातहातमा पुगिकेको छ ।

तर इन्टरनेटको पहुँचसँगै धिमा गतिले पनि सबैलाई परेशान गरेकै छ । इन्टरनेट स्लो स्पीडमा चल्नुको पीडा प्राय सबैले भोगेका हुन्छन् । तल दिईएका टिप्सहरुलाई ध्यानपूर्वक लागू गर्ने हो भने वाईफाई राउटरको समस्या र सुस्त गतिको स्पीडमा दोब्बरले सुधार पक्कै आउने छ ।

ती टिप्सहरु यसप्रकार रहेका छन् –

१.  राउटर राखिएको स्थान :

तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् ।

२. कति दूरीमा छ वाईफाई राउटर :

हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटर को क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ ।

३. वरिपरिको वातावरण :

वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो ।

वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्री हरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

४.  कुन दिशामा वाईफाई राउटर राख्ने :

वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

५. रिपीटर डिभाइसको प्रयोग : 

यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केही बढी भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

रिपीटरको सहयोगबाट तपाईँको राउटरले धेरै एरिया कभरेज गर्दछ । यदि तपाईँ ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्