Logo
१२ श्रावण २०८१, शनिबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र १०० मा सबै उपचार हुने समता अस्पताल तोडफोड, संचालककी पत्नीसहित ३ जना जेल चलान

काठमाडौं : काठमाडौंको बौद्धस्थित मात्र १०० रुपैयाँमा सबै उपचार हुने समता अस्पतालमा तोडफोड भएको छ । बिहिबार बिहान एक समुहले उक्त अस्पतालमा प्रवेश गरी तोडफोड गरिएको हो ।

उक्त अस्पतालले मात्र १०० रुपैयाँमा सबै उपचार गर्दै आएको छ भने गरिब–निमुखाले उक्त अस्पतालबाट निकै लाभाविन्त हुँदै आएका छन् । उक्त तोड्फोड कस्ले गरिएको हो त्यो भने खुलन सकेको छैन ।

समाजसेवीको रुपमा चिनिएका प्रायः चप्पल लगाएर हिड्ने सञ्चालक उत्तम सञ्जेल समता बिद्यालय तथा क्लेजका समेत संचालक हुन् ।

यता, बुधवार सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीन जनालाई जेल चलान गरिएको छ ।  जिल्ला अदालत काठमाडौंले जनही ३ लाख धरौटीमा छाड्ने फैसला सुनाएको थियो ।

तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख धरौटी बुझाउन नसकेपछि उनीहरुलाई बुधबार जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

कलासहित अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी जेल चलान भएका हुन् । ‘हिजो फैसला भएर धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । आज धरौटी तिरे रिहा हुन सक्छन्,’ बोगटीले भने ।

गत असार ३ गते अस्पतालमा क्लिनरका रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अस्थामा मृत भेटिएको थियो ।

उनले लेखेको सुसाइड नोटमा सञ्जेलकी श्रीमतीसहित दुई जनाको नाम लेखिएको भेटिएपछि मृतक तामाङका आफन्तले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्