Logo
१२ श्रावण २०८१, शनिबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मधेस अनुगमनमा मन्त्री र सांसदको टोली

काठमाडौं : बाढीपहिरोले र्पुयाएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गएको छ ।

सो क्षेत्रको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएको हो ।

टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् ।
असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्